चितवन मेडिकल कलेजमा उपचार भईरहेका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।
भरतपुर महानगरपालिका–१५ का स्थायी बासिन्दा बर्ष ७० का एक बृद्धको आज बिहान मृत्यु भएको चितवन मेडिकल कलेजका निर्देशक डाक्टर दयाराम लम्सालले बताए ।
लम्सालका अनुसार ति बृद्धमा कोरोना संक्रमण पुष्टि भएपछि चितवन मेडिकल कलेजको आइसियुमा राखेर उनको उपचार भइरहेको थियो। उनमा श्वासप्रश्वासमा समस्या थियो।
मृतक मिर्गौला रोगबाट पिडित समेत रहेको अस्पताल श्रोतले जानकारी दिएको छ ।
ADVERTISEMENT