एजेन्सी / संयुक्त राष्ट्रसंघका उपमहासचिव अमिना मोहम्मदले कोरोना भाइरस विरुद्धको खोपका लागि ३५ अर्ब सहयोगका लागी आह्वान गरेका छन् ।
विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका विरुद्धमा खोप विकास गरी उपचार गराउन ३५ अर्ब अमेरिकी डलरको आवश्यकता परेको अमिनको भनाई छ ।
अमिन भन्छन् ‘विश्व नै अहिले आपतकालिन अवस्थामा छ, त्यसको निवारणका लागि खोपको आवश्यकता पर्दछ, त्यसको विकास, उत्पादन र विक्रि वितरणका लागि ठूलो धनराशी चाहिने भएको छ,।’
राष्ट्रसंघको मुख्यालय न्युयोर्कमा आयोजित पत्रकार सम्मेलनमा उनले विश्वव्यापी यो महामारी अन्त्यका लागि सबैले सहयोग गर्नु पर्नेमा अमिनाले बताए ।
विश्वलाई पुनः पहिलेकै अवस्थामा फर्काउनका लागि आआफ्नो ठाउँबाट सबैले योगदान गर्नुपर्ने तथा स्वास्थ्य, बौद्धिक, अध्ययन अनुसन्धानका क्षेत्रबाट र नीति क्षेत्रबाट पनि प्रयासहरु भइरहेको उनले जानकारी दिए ।
न्युन तथा मध्यम आर्थिक अवस्था भएका देशहरूलाई सहयोगको थप आवश्यकता भएको तर्फ उहाँले विश्वको ध्यान जानुपर्ने बताए ।