डोटी / सुदुरपश्चिम प्रदेशमा ९ जिल्ला रहेका छन् । सबै जिल्लाहरुमा पर्यटकिय गन्तव्य भनएका होईन् तर डोटीको जोरायल गाँउपालिका आफैमा ऐतिहासिक गाँउपालिका हुनुका साथै थुप्रै पर्यटकिय सम्भावना बोकेको क्षेत्र हो । सोहि गाँउपालिकाको बडा नं. २ छतिबनमा रहेको छ ‘‘छहरा झर्ना’’ । पर्यटकहरुको पर्खाईमा रहेको उक्त झर्ना पुग्ने जो कोहीको मन चनचल बन्छ, आनन्द महशुस गर्छन् ।