डोटी — डोटीको शिखर नगरपालिका–८ गोल्मागाडस्थित सेती नदी किनारमा एक पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार शनिबार बिहान करिब ११ बजे नदी किनारमा नामथर र ठेगाना नखुलेका अन्दाजी २८ देखि ३० वर्ष उमेरका पुरुषको शव फेला परेको हो। स्थानीयले शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए। सूचना प्राप्त हुनासाथ प्रहरी सहायक निरीक्षक चन्द्रसिंह ठगुन्नाको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
मृतकको पहिचान खुल्न बाँकी रहेको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।










