युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

डोटी / डोटीको दिपायल सिलगढी नगरपालिका–६ नाचनथलीमा जीप दुर्घटना हुँदा एक महिला घाइते भएकी छन्।

बुधबार साँझ करिब ५:१० बजे जिल्ला अस्पताल डोटीबाट अछामतर्फ जाँदै गरेको सु.प.प्र. ०१–००१ ज ११९३ नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

प्रहरीका अनुसार अछामको चौरपाटी गाउँपालिका–२ सोकडका २२ वर्षीय कर्णबहादुर साउँदले चलाएको उक्त जीपमा चालकसहित ६ जना सवार थिए। दुर्घटनामा सोही ठाउँकी ४० वर्षीया भागीदेवी साउँद घाइते भएकी छन्। उनको निधार र दाहिने खुट्टामा चोट लागेको छ।

घाइते साउँदको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको र उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। जीपमा सवार अन्य पाँच जना भने सकुशल रहेका छन्।

दुर्घटनामा जीपको अगाडिको भागमा क्षति पुगेको छ। प्रहरी हवल्दार दिलीप राम लुहारको कमाण्डमा तीन जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो। दुर्घटनामा संलग्न जीप घटनास्थलमै रहेको र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय