सिलगढी, डोटीको दिपायल सिलगढी नगरपालिका–२ शाहीटोलबाट १४ वर्षीया बालिका बेपत्ता भएकी छन्।
स्थानीय भोज शाहीकी १४ वर्षीया छोरी रोशनी शाही बुधबार राति करिब ८ बजे कसैलाई जानकारी नदिई घरबाट निस्किएकी थिइन्। आफन्तहरूले खोजी गर्ने क्रममा दिपायल सिलगढी नगरपालिका–२ स्थित पक्की पुलबाट करिब १०० मिटर पश्चिम सेती नदी किनार नजिक उनले लगाएका दुवै चप्पल फेला परेको प्रहरीले जनाएको छ।
चप्पल फेला परेको जानकारी बिहीबार बिहान करिब ६:४० बजे इलाका प्रहरी कार्यालय दिपायललाई टेलिफोनमार्फत गराइएको थियो।
जानकारी प्राप्त हुनासाथ प्रहरी नायब निरीक्षक डम्बर कठायतको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएको छ। प्रहरीले बेपत्ता बालिकाको खोजी कार्य जारी राखेको जनाएको छ।










