अछाम / मृत अबस्थामा भेटिएका अछाम जिल्लाका ८ वर्षीय बालक हत्या भएको आशंकामा एक जना पक्राउ गरेको अछाम प्रहरीले जनाएको छ ।
मृतक ८ वर्षीय बालक जिल्लाको साँफेबगर नगरपालिका वडा नम्बर ९ को बुढाकोटमा शव भेटिएको थियो । शवको प्रकृति हेर्दा हत्या भएको हुन सक्ने प्रहरीको प्रारम्भीक अनुसन्धानबाट देखिएको अछाम प्रहरीले जनाएको छ ।
बालकको हत्या भएको आशंकामा सोहि स्थान बस्ने अन्दाजी ४० वर्षका गणेश सुनारलाई पक्राउ गरि अनुसन्धान थालनी गरेको जिल्ला प्रहरी कार्यालय बताएको छ । मृतक बालकको शव पोष्टमटमका लागी अछाम जिल्ला अस्पतालमा राखिएको प्रहरीले जानकारी दिएको छ ।