डोटी/ चोरी मुद्दामा अदालतबाट कैद सजाय तोकिएपछि फरार रहेका डोटीका एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सायल गाउँपालिका–३ सैना गाउँका ४० वर्षीय खड्कबहादुर बोगटी रहेका छन्।
जिल्ला अदालत डोटीले २०८१ असोज १३ गते चोरी मुद्दामा बोगटीलाई २१ दिन कैद सजाय सुनाएको थियो। फैसला कार्यान्वयनका लागि फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय डोटीबाट खटिएको प्रहरी टोलीले बुधबार दिउँसो सिलगढी बजारबाट पक्राउ गरेको हो।
पक्राउ परेका बोगटीलाई अदालतको फैसला कार्यान्वयनका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।











