डोटी, साउन ६
डोटीको जोरायल गाउँपालिकामा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार जोरायल गाउँपालिका–२ जजना निवासी ४० वर्षीय कमल दर्लामी सोही वडाको सानोचौतारा खोलामा मृत अवस्थामा भेटिएका हुन्।
स्थानीयबाट सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगेर शवको मुचुल्का उठाउने लगायत आवश्यक कानुनी प्रक्रिया पूरा गरेको जनाएको छ।
प्रहरीका अनुसार मृत्युको कारण तत्काल खुल्न सकेको छैन। घटनाको वास्तविक कारण पत्ता लगाउन थप अनुसन्धान भइरहेको छ।











