युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

शुशीला पन्त, डोटी / कोरोना कहरका कारण रोजगारी गुमाई घर फर्किएका युवाहरुलाई आफ्नै गाँउठाउँमा कसरी रोजगार बनाउन सकिन्छ भन्ने विषयमा डोटीका महिलाहरु चिन्तीत देखीन थालेका छन् ।

दलित महिला संघ (फेडो) नाम गैर सरकारी संस्थाले दिपयल सिलगढी नगरपालिका बडा नं. ३, ५ र ६ मा गठन गरेको दलित महिला संजालले चिन्ता व्यक्त गरेका हुन् । आफ्नो गाँउठाँउमा फर्किएका मानिसहरुलाई घरमा बस्ने बताबरण कसरी निर्माण गर्न सकिन्छ भन्ने विषयमा महिलाहरु छलफलमा जुटेको सो फेडाका कार्यक्रम संयोजक योगोश मल्लले बताए ।

प्रदेश सरकारले अहिले कृषि उपज उत्पादनका लागी प्रस्तावना आब्हान गरेको सम्वन्धमा साच्चैको रोजगार गुमाएका र केहि गर्न चहाने युवाहरुलाई सो कार्यक्रमहरुमा कसरी समाबेश गर्न सकिन्छ भन्ने विषयमा छलफल गरेको मल्लको भनाई छ ।

त्यस्तै महिला समुहहरुले कृर्षी ज्ञान केन्द्र संग समन्वय गर्दै व्यवसायीक तरकारी खेती, च्याउ उत्पादन, विउ उत्पादन, कुखुरा पालन जस्ता कार्यक्रमहरु संचालनका लागी पहल गर्ने योजना सहित बैठकबाट निर्णय समेत गरेको मल्लले बताए ।

त्यस्तै महिलाहरुले गाँउटोल सरसफाई कसरी गर्न सकिन्छ, कोरोना कहरका विच ज्याला मज्दुरी गरि खाने मानिसहरुलाई कसरी राहत पुराउन सकिन्छ भन्दै जनप्रतिनिधिहरु संग समेत छलफल गरेका छन् । जनप्रतिनिधिहरुसंगको छलफलमा उक्त नगरपालिका बडा नं. ६ का अध्यक्ष सन्तोष बोहराले महिलाहरुबाट उठेको विषय सम्वेदनशिल भएको र आफुले सरसफाईका लागी तत्काल फोहर कन्टेनरहरु व्यवस्थापनमा सहयोग गर्ने प्रतिबद्धता जनाएको मल्लको भनाई छ । त्यस्तै रोजगारी गुमेका र दैनिक ज्याला मज्दुरी गर्ने मानिसहरु पहिचान गरि सहयोग पुराउने खालका कार्यक्रमहरु आफुहरुले लागु गर्ने अध्यक्ष बोहराले बताएको मल्लले जानकारी दिए ।

कोरोना करहका कारण छिमेकी मुलुक भारतमा रोजगारी गर्दै आएको अधिकाशं मानिसहरु रोजगारी गुमाई घर फर्किएको र रोगले भन्दा भोकले मर्छौ कि भन्ने चिन्ताले सताउन थालेको समयमा महिलाहरुले स्वस्फुत रुपमा वैकल्पीक योजना सहित छलफलमा जुट्नु सकारात्मक कार्य भएको संयोजक मल्लको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय