
टेक विवश साउँद, डोटी / मुलुकभरमा संविधान दिवश मनाई रहेको समयमा भान्छा छोएको भन्दै डोटीमा एक दलित समुदायका व्यक्ति कुटीएका छन् ।
बोगटान फुड्सिल गाँउपालिका बडा नं. ४ सुन्ताडीमा भान्छा छोएको भन्दै स्थानिय युवाहरुको समुहले रमेश विकलाई पिटेको स्थानिय अर्जुन विकले बताए ।
दिउसो स्थानीय डम्मर सिँ विष्ट (स्थानिय धामी) को घरको छानाछाउने कार्यमा संलग्न रहेका पिडित विकलाई राती भोज खान आउनु भन्दै बोलाईएको थियो । निम्तालाई स्वीकार्दै विक भोजखान गएको र भोजमा खाना खाई आफुले खाएको भाडा धुन जाँदा भान्साको बाटो प्रयोग गरेको भन्दै उनी माथी कुटपिट भएको स्थानीय अर्जुन बिकको भनाई छ ।
यस विषयमा सो बडाका एक जनप्रतिनिधि संग बुझ्दा घटना भएको तर सबै यर्थात आफुलाई अहिले सम्म जानकारी नभएको बताएका छन् । नेपालको संविधान बमोजिम कोही कसैले कसैलाई पनि जातिलिंग धर्मका आधारमा भेदभाव गर्नु कानूनी रुपमा अपराध हुने उल्लेख छ । अहिले पनि कतिपय समुदायमा जातीय विभेद रहेको पाईन्छ । कानूनलाई कागजी रुपमा नभई व्यवहारीक रुपमा लागु गर्न जरुरी रहेको अधिकारकर्मिहरु बताउन्छन् ।