बझाङ /बझाङको जयपृथ्वी नगरपालिका–४ भिडमुनीमा आगलागी हुँदा एक घर पूर्णरूपमा जलेर नष्ट भएको छ।
जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार स्थानीय ४५ वर्षीय विष्णुबहादुर खड्काको घरमा बिहीबार दिउँसो आगलागी भएको हो। आगलागीबाट घरमा ठूलो क्षति पुगेको प्रहरीले जनाएको छ।
स्थानीय बासिन्दाको सक्रियतामा आगो नियन्त्रणमा लिइएको थियो। आगलागीबाट मानवीय क्षति भने नभएको जनाइएको छ।
घटनाको कारण र क्षतिको यकिन विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ। साथै, घटनाबारे थप अनुसन्धान जारी रहेको छ।











