कञ्चनपुर /कञ्चनपुरमा मलामी गएका एक जना पुरुष महाकाली नदीमा डुबेर बेपत्ता भएका छन्।
मंगलबार बिहान करिब साढे ११ बजेतिर शक्लाफाँटा नगरपालिका–७ निवासी ४५ वर्षीय प्रकाश सिंह नदीमा डुबेर हराएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उनी भीमदत्त नगरपालिका–११ स्थित भुजेला घाटबाट महाकाली नदीमा बगेका हुन्। सिंह स्थानीय ७० वर्षीया धाना भट्टको अन्त्येष्टिमा सहभागी हुन मलामी गएका थिए।
घटनापछि सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले बेपत्ता सिंहको खोजी कार्य तीव्र पारेको छ।











