कैलाली / कैलालीको चुरे गाउँपालिका–५ भासु गाउँमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ४७ वर्षीय दुर्गा अर्खाली रहेका छन्।
योगेन्द्र तिमिल्सिनाका अनुसार अर्खाली घर नजिकैको जंगलमा बाख्रा चराउन गएका थिए। साँझसम्म घर नफर्किएपछि परिवार र छिमेकीले खोजी थालेका थिए।
खोजतलासका क्रममा उनी भिरबाट लडेर मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। घटनाबारे राति करिब सवा ९ बजे स्थानीयले अस्थायी प्रहरी पोस्ट खानीडाँडामा जानकारी गराएका थिए।
सूचना प्राप्त भएपछि प्रहरी सहायक हवल्दारको कमाण्डमा टोली घटनास्थलतर्फ खटिएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।











