डाेटी
डोटीमा खाना खाने क्रममा घाँटीमा मासु अड्किँदा एक जनाको मृत्यु भएको छ। जिल्लाकाे आदर्श गाउँपालिका–७ दहकालीका करिब ५० वर्षीय काले नेपालीको मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय डाेटीले जनाएको छ ।
प्रहरीका अनुसार बिहीबार साँझ करिब ८ बजेतिर आफ्नै घरमा खाना खाने क्रममा मासुको टुक्रा घाँटीमा अड्किँदा उनी अचानक बेहोस भएका थिए।
बेहोस भएपछि आफन्तहरूले उनलाई तत्काल उपचारका लागि राति नै सुजङ अस्पताल, राजपुर पुर्याएका थिए। तर चिकित्सकले जाँच गर्दा राति मृत घोषणा गरेकाे डाेटी प्रहरीकाे भनाइ छ ।
घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।











