बैतडी — बैतडीमा ट्रक दुर्घटना हुँदा चार जना घाइते भएका छन् । दुर्घटनामा परी घाइते हुँनेमा पाटन नगरपालिका–८ कै २५ वर्षीया निर्मला बिष्ट, उनका ७ वर्षीय छोरा अभिषेक बिष्ट र ४ वर्षीय छोरा प्रिन्स बिष्ट रहेका छन् । साथै ट्रक चालक ३६ वर्षीय कृष्ण बिष्ट पनि घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। दुर्घटनापछि घाइते चारै जनालाई उपचारका लागि धनगढीतर्फ पठाइएको छ।
बैतडी प्रहरीका अनुसार जयपृथ्वी राजमार्ग अन्तर्गत पाटन नगरपालिका–८ ज्याफुमा नेपालगञ्जबाट बझाङतर्फ जाँदै गरेको सु.प्र.प ०१ ००१ ख २८०९ नम्बरको ट्रक शुक्रबार बिहान करिब २ बजे दुर्घटनामा परेको हाे ।
सिमेन्ट बोकेको ट्रक अनियन्त्रित भई करिब २५ मिटर तल खसेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।











