डडेल्धुरा /डडेल्धुरामा महाकाली नदीमा डुबेर एक बालकको मृत्यु भएको छ। परशुराम नगरपालिका–६ भोरकुण्डा बस्ने धनबहादुर धामीका १२ वर्षीय छोरा योगेश धामी शनिबार दिउँसो साथीहरूसँग नदीमा पौडी खेल्ने क्रममा डुबेका थिए। स्थानीयको सहयोगमा उनलाई नदीबाट बाहिर निकालिए पनि घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।











