युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

धनगढी — कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट लागूऔषधसहित पाँच जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँबाट भारतको लखिमपुर खिरी पलिया बस्ने २२ वर्षीय राजन गुप्तालाई १ ग्राम ३३० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित शनिबार साँझ पक्राउ गरिएको हो। शंका लागेपछि गरिएको चेकजाँचका क्रममा उनको साथबाट उक्त पदार्थ फेला परेको प्रहरीले जनाएको छ।

यसैगरी कैलालीको गोदावरी नगरपालिका–११ गौडीबजारमा लागूऔषध सेवन तथा कारोबार भइरहेको सूचनाका आधारमा प्रहरीले स्थानीय लोकेन्द्र कठायतले सञ्चालन गरेको खुद्रा पसलमा खानतलासी गर्दा ६७० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ बरामद भएको छ। सो क्रममा पसल सञ्चालक कठायत र सोही स्थानका २१ वर्षीय केशब नेपालीलाई शनिबार साँझ प्रहरीले नियन्त्रणमा लिएको छ।

त्यस्तै कञ्चनपुरको बेलौरी नगरपालिका–१० सडकघाट पिपलचौताराबाट धनगढी उपमहानगरपालिका–८ क्याम्पस रोड बस्ने ३५ वर्षीय केशब बिष्ट र डडेल्धुराको आलिताल गाउँपालिका–३ बस्ने २३ वर्षीय कृष्ण महरालाई ४५० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरू भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा से ७ प २२६६ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा उक्त पदार्थ फेला परेको हो।

प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय