सिलगढी— नेपालमा पश्चिमी वायुको असर र उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणालीसहित नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव देखिएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार, आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशसहित अन्य पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ भने बाँकी भूभागमा आंशिक बादल रहनेछ। तराई र काठमाडौँ उपत्यकाका केही स्थानमा तुवाँलो पनि रहने सम्भावना छ।
आज कोशी प्रदेशसहित बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी तथा हिमाली भूभागका थोरै स्थान, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभाग तथा मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा सामान्यतया बादल लाग्नेछ। बाँकी भूभागमा आंशिक बादल रहनेछ।
त्यस्तै, कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपात हुने सम्भावना रहेको छ











