सिलगढी
डोटीको आदर्श गाउँपालिका–७ दडिमानामा भालुले आक्रमण गर्दा एक महिला घाइते भएकी छन् ।
जिल्ला प्रहरी कार्यालय डाेटीकाअनुसार आज (मंगलबार ) बिहान साढे ९ बजेकाे समयमा स्थानीय ४३ वर्षीया दुरादेवी बिष्ट सल्लीखान सामुदायिक वनमा दाउरा काट्ने क्रममा भालुको आक्रमणमा परेकी हुन् । भालुले आक्रमण गर्दा उनको दुवै खुट्टा, घाँटी र टाउकोमा चोट लागेको छ । घाइते बिष्टलाई उपचारका लागि तत्काल दिपायलतर्फ पठाइएको र उनको अवस्था मध्यम रहेको जनाइएको छ ।











