कञ्चनपुर /कञ्चनपुरमा लागूऔषध खैरो हेरोईनसहित तीन जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बेलौरी नगरपालिका–१० स्थित किल्ला नम्बर ४ नजिकबाट एक जनालाई लागूऔषधसहित नियन्त्रणमा लिइएको हो।
पक्राउ पर्नेमा शुक्लाफाँटा नगरपालिका–५ प्रगति टोल बस्ने २४ वर्षीय हरिश भट्ट रहेका छन्। उनलाई ८३० मिलिग्राम खैरो हेरोईनसहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको जनाएको छ।
प्रहरीका अनुसार से ७ प २९३७ नम्बरको मोटरसाइकलमा सवार भट्ट भारतबाट नेपालतर्फ संकास्पद अवस्थामा आउँदै गरेका थिए। सोही क्रममा इलाका प्रहरी कार्यालय बेलडाँडी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उनको साथबाट उक्त लागूऔषध फेला परेको हो।
लागूऔषधसहित भट्टलाई मोटरसाइकलसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ।











