सिलगढी, फागुन २३
डोटीमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जना घाइते भएका छन्।
प्रहरीका अनुसार अछामबाट धनगढीतर्फ आउँदै गरेको सु.प.प्र. ०१–०१० प ६०९९ नम्बरको मोटरसाइकल चालक अछाम जिल्लाको मेल्लेख गाउँपालिका–६ सोडाषा बस्ने २५ वर्षीय राजेश बुढा र विपरीत दिशातर्फ जाँदै गरेको से ३ प ९०३५ नम्बरको मोटरसाइकल चालक डोटीको पूर्विचौकी गाउँपालिका–४ सानागाउँ बस्ने ३८ वर्षीय गोपाल विकले चलाएको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा राजेश बुढाको दाहिने खुट्टामा तथा गोपाल विकको बायाँ खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ। घाइते दुवै जनालाई उपचारका लागि जिल्ला अस्पताल डोटीमा लगिएको छ।
हाल दुवै जनाको अवस्था मध्यम रहेको र अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ।
दुर्घटना शुक्रबार बिहान करिब ११: ४० बजेकाे समयमा जिल्लाकाे पूर्विचौकी गाउँपालिका–१ शिर्मा स्थित पहलमान सिंह स्वार राजमार्गमा भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।











