काठमाडौं — फागुन २१ गते बिहीबार देशका १६५ निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदैछ। निर्वाचन आयोग ले मतदानका क्रममा मतदाताले ६ प्रकारका परिचयपत्र प्रयोग गर्न सक्ने स्पष्ट गरेको छ।
आयोगका अनुसार मतदाता परिचयपत्र नभए पनि अन्य सरकारी परिचय खुल्ने कागजातका आधारमा मतदान गर्न पाइनेछ।
अब मतदाता परिचयपत्र, नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, सवारीचालक अनुमतिपत्र,जग्गाधनी प्रमाणपत्रले भाेट हाल्न पाइने भएकाेछ ।
मतदान केन्द्रमा महिला र पुरुषका लागि छुट्टाछुट्टै लाइनको व्यवस्था गरिएको छ। साथै शारीरिक रूपमा अशक्त व्यक्ति, ज्येष्ठ नागरिक, गर्भवती महिला, सुत्केरी महिला तथा आफैं मतदान गर्न असहज हुने व्यक्तिका लागि विशेष सहजीकरणको प्रबन्ध गरिएको आयोगले जनाएको छ।
यस्ता मतदाताले मतदान अधिकृत, सहायक मतदान अधिकृत, खटिएका कर्मचारी वा स्वयंसेवकबाट आवश्यक सहयोग लिन सक्नेछन्।
आयोगले सबै मतदातालाई तोकिएको समयभित्र आफ्नो परिचयपत्रसहित मतदान केन्द्रमा पुगेर मताधिकार प्रयोग गर्न आग्रह गरेको छ।











