युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

डोटी, फागुन १०
जिल्लाको बोगटान फुड्सिल गाउँपालिका–३ धौलाबस्तीस्थित दिपायल–बोगटान भित्री सडकखण्डमा बोलेरो जीप दुर्घटना हुँदा चालकसहित चार जना घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा चालक बोगटान फुड्सिल गाउँपालिका–६ पलाडीका २७ वर्षीय तिर्थ बोगटी घाइते भएका छन्। उनको टाउको र घाँटीमा चोट लागेको छ र अवस्था मध्यम रहेको बताइएको छ।

त्यस्तै, बोगटान फुड्सिल–३ मेल्टाकी ६६ वर्षीया जुना देवी साउँद, १७ वर्षीया सिता साउँद र १९ वर्षीया सारदा साउँद पनि घाइते भएका छन्। जुना देवी र सिताको टाउको, खुट्टा तथा छातीमा गम्भीर चोट लागेको छ भने सारदाको कम्मर, दुवै हात र बायाँ खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ।

घाइते चारै जनालाई थप उपचारका लागि मायामेट्रो अस्पताल, धनगढी पठाइएको छ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार आइतबार दिउँसो करिब १२:५५ बजे मेल्टाबाट दिपायलतर्फ जाँदै गरेको सु.प.प्र. ०३–००१ च ००१४ नम्बरको बोलेरो जीप साइड दिने क्रममा ब्याक गर्दा सडकबाट करिब १५० मिटर तल खसेर दुर्घटनामा परेको हो।

प्रहरी निरीक्षक रामबहादुर कार्कीको कमाण्डमा खटिएको टोलीले घटनास्थल पुगेर उद्धार तथा प्रारम्भिक अनुसन्धान गरेको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय