युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

सिलगढी/ आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत नेपालले स्कटल्यान्डलाई ७ विकेटले पराजित गर्दै १२ वर्षपछि विश्वकपमा ऐतिहासिक जित हासिल गरेको छ।

लगातार तीन खेलमा पराजित भएको नेपालले चौथो खेलमा सान्त्वना जित निकालेको हो। यसअघि नै दुवै टोली समूह चरणबाट बाहिरिसकेका थिए। जितसँगै नेपालको यस संस्करणको विश्वकप यात्रा समाप्त भएको छ। यसअघि नेपाल इंग्ल्यान्ड, इटली र वेस्ट इन्डिजसँग पराजित भएको थियो।

भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७० रन बनाएको थियो। नेपालले उक्त लक्ष्य ४ बल बाँकी रहँदा ३ विकेट गुमाएर पूरा गर्‍यो।

स्कटल्यान्डका लागि माइकल जोन्सले उत्कृष्ट ब्याटिङ गर्दै ४५ बलमा ८ चौका र ३ छक्कासहित ७१ रन बनाए। साथै जर्ज मुन्सेले २७ र ब्रान्डन म्याकमुलेनले २५ रन जोडे। नेपालका सोमपाल कामीले ३ विकेट लिए भने नन्दन यादवले २ विकेट हात पारे। रोहित पौडेल र कुशल भुर्तेलले समान १–१ विकेट लिए।

जवाफमा नेपालका ओपनर आसिफ शेख र कुशल भुर्तेलले पहिलो विकेटका लागि ७४ रनको साझेदारी गर्दै बलियो सुरुआत दिलाए। भुर्तेलले ४३ र आसिफले ३३ रन बनाए। अन्तिम समयमा दीपेन्द्रसिंह ऐरीले आक्रामक ब्याटिङ गर्दै अविजित ५० रन बनाएर टोलीलाई जितसम्म पुर्‍याए।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय