सर्लाही / प्रदेश नम्बर २ को सर्लाही जिल्लामा मुस्लिम र हिन्दु समुदाय बीच झडप भई तनाव उत्पन्न भएपछि सर्लाही जिल्ला प्रशासनले शनिबार साढे १ बजेदेखि आइतबार बिहान ८ सम्मका लागि मंगलबजार क्षेत्रमा कफ्र्यू आदेश जारी गरेको छ ।
विश्वकर्मा पुजापछि मूर्ती सेलाउने विषयमा दुई समुदायबीच झडप भएको थियो । शुक्रबार रातिदेखि शुरु भएको तनाव साम्य नभएपछि कफ्र्यू आदेश जारी गरिएको सर्लाही प्रशासनले जनाएको छ । मंगलबजारको विश्वकर्मा चोकमा पूजा गरिएको मूर्ती स्थानीय युवाहरु घुमाउन जाँदा दुई समुदायबीच झडप भएको बताईएको छ ।
दुई पक्ष विच ढुङ्गामुढा समेत भएको थियो भने दुबै पक्षका करिब १ दर्जन भन्दा बढी व्यक्ति घाइते भएका छन् । मूर्ति अहिले पनि जिल्ला प्रहरी कार्यालय सर्लाहीमा राखिएको छ ।