बैतडी /बैतडीको पुर्चौडी नगरपालिका–७ स्थित बढ्गाउँ मोडमा जन्ती बोकेको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १३ पुगेको छ। घटनास्थलमै आठ जनाको मृत्यु भएको थियो भने थप पाँच जनाको डडेलधुरामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
पुर्चौडी–७ कै भौनीबाट बेहुली लिएर बझाङको सुनकुडा फर्किँदै गरेको सुप प्र ०२–००१ ख १११९ नम्बरको बस बिहीबार साँझ सडकबाट करिब दुई सय मिटर तल खसेको थियो।
सनाखत भएका मृतकहरू
प्रहरीका अनुसार हालसम्म सनाखत भएका मृतकहरू
बझाङ, बित्थडचिर गाउँपालिका–७
४० वर्षीय केशब राज जोशी
१३ वर्षीय अशोक राज जोशी
३५ वर्षीय बसन्त जोशी
४१ वर्षीय विष्णुदत्त जोशी
४२ वर्षीय नरेन्द्रराज जोशी
बझाङ, केदारस्युँ गाउँपालिका
६० वर्षीय मोहन देव भट्ट
बझाङ, जयपृथ्वी नगरपालिका–७
४० वर्षीय बसन्त राज रतला
बैतडी, पुर्चौडी नगरपालिका–७
४० वर्षीया पुष्पा अवस्थी
उपचारका क्रममा मृत्यु हुनेहरू डडेलधुरामा उपचाररत थप पाँच जनाको पनि मृत्यु भएको छ।
उनीहरूमा:
बझाङ, बित्थडचिर–७ का १७ वर्षीय बिसन दत्त जोशी
बझाङ, बित्थडचिर–७ का करिब २७/२८ वर्षीय दिपकराज जोशी
बझाङ, बित्थडचिर–७ का करिब ४५/४६ वर्षीय किसनदत्त जोशी
बझाङ, केदारस्युँ–७ का करिब २६/२७ वर्षीय केशबराज भट्ट
बैतडी, पुर्चौडी नगरपालिका–७ का करिब १४/१५ वर्षीय शुशिल जोशी
गम्भीर घाइते
दुर्घटनामा परेर गम्भीर घाइते भएका व्यक्तिहरूमा:
बझाङ जिल्ला–८ का ५२ वर्षीय नन्दलाल कोइराला
बैतडी, पुर्चौडी नगरपालिका–७ की ४५ वर्षीया धनपति अवस्थी
बझाङ, बित्थडचिर–७ का ३८ वर्षीय बिरबहादुर धामी
उनीहरूको विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।
प्रहरीका अनुसार उकालो र मोड भएको सडक खण्डमा अत्यधिक भारका कारण बस अनियन्त्रित भई दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।











