सिलगढी,
हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम रहँदा मौसममा मिश्रित अवस्था देखिएको छ। हिमाली भूभागमा सामान्यतया बादल लागेको छ भने पहाडी र अन्य भूभागमा आंशिक बदली रहेको छ। तराईका केही स्थानमा तुवाँलो देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो तराईका केही क्षेत्रमा कुहिरो लाग्ने सम्भावना छ भने धेरै स्थानमा हुस्सु देखिन सक्छ। यद्यपि पहाडी तथा हिमाली भूभागमा मौसम प्रायः सफा रहने अनुमान गरिएको छ।
आज रातिको समयमा पनि तराईका केही स्थानमा कुहिरो लाग्ने सम्भावना रहेको छ भने पहाडी र हिमाली क्षेत्रको मौसम सामान्यतया खुल्ला रहनेछ।
हिमपात, वर्षा तथा हुस्सुका कारण दैनिक जनजीवन, पर्यटन, पदयात्रा, स्वास्थ्य सेवा साथै हवाई र सडक यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले सबैमा आग्रह गरेको छ।











