
किरण धामी, डोटी / जिल्लाको बाेगटान फुड्सिल गाउँपालिकामा स्थानियतह कर्मचारी हकहित समिति गठन भएको छ ।
आज शनिवार सव इन्जिनियर मिन बहादुर कुँवरको अध्यक्षतामा १८ सदस्यिय समिती गठन भएको हो । समितीको पदाधिकारीमा उपाध्यक्ष महिला सहायक कल्पना कुमारी के.सी., सचिव लेखापाल मिन बहादुर चन्द, सह सचिव केसर सिं वुढा, कोषाध्यक्ष मञ्जु त्रिपाठी चयन भएका छन ।
त्यस्तै सदस्यमा भरत बहादुर चन्द, धन बहादुर रोकाया, भरत बहादुर चन्द, सिमा शाह, हेम बहादु बिष्ट, लाल सिं खनाल, टिका सिं बिष्ट, टेक बहादुर साउँद, वसन्त बोहरा, रविन मल्ल, नर बहादुर घर्तिमगर, हरीतारा पनेरु र चेतराज विनाडी चयन भएका छन् । उक्त समितीले कर्मचारीको हकहितमा काम गर्ने अध्यक्ष मिन बहादुर कुँवरले बताए ।
गाँउपालिकामा सम्पन्न कार्यक्रममा गाँउपालिका अध्यक्ष कमल वहादुर गड्सिलाले कार्यक्रमलाई सम्बोधन गर्दै आफुहरु जहिले पनि कर्मचारीहको हितमा नै रहेको र कर्मचारी जनप्रतिनिधिहरु मिलेर समाजको विकास लागी एक ढिक्का भएर लाग्नु पर्ने बताएका थिए । यस भन्दा पहिले डोटीको शिखर नगरपालिका र सायल गाँउपालिकामा हकहित समिति गठन भएका थिए ।