युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

बैतडी — सुदूरपश्चिमका बैतडी, दार्चुला, डोटी, डडेल्धुरा, बाजुरा, बझाङ तथा कैलाली र कञ्चनपुर जिल्लामा माघ १ गते परम्परागत नरहरी पर्व श्रद्धा, विश्वास र सामाजिक सद्भावका साथ मनाइँदैछ।
माघे सङ्क्रान्तिकै दिन मनाइने यो पर्व सुदूरपश्चिमको मौलिक सांस्कृतिक पहिचानसँग जोडिएको छ। पुस मसान्तको राति घरघरमा तरुल, सखरखण्ड, सेलरोटी, माणा (सेलपुरी) लगायतका परिकार पकाइने र पहिलो रोटी कागका लागि छुट्याइने परम्परा रहेको छ। माघ १ गते बिहान स्नानपछि कागलाई रोटी चढाउँदा पाप नष्ट भई पुण्य प्राप्त हुने धार्मिक विश्वास छ।

सनातन धर्ममा कागलाई यमराजको दूत मानिने भएकाले नरहरी पर्वका दिन कागलाई रोटी खुवाउने चलन रहँदै आएको संस्कृतिका जानकारहरू बताउँछन्। बालबालिकाले ‘‘काँ कौवा काँ, सेलरोटी खाँ’’ भन्दै काग बोलाउने परम्परा अझै जीवित छ।

यस अवसरमा तरुल, सखरखण्ड, गिठा, पिँडालु, फर्सी तथा अन्य कन्दमूलजन्य परिकार खाने चलन छ। वर्षमा एक दिन भए पनि बनजङ्गलमा पाइने कन्दमूल खानुपर्छ भन्ने मान्यता रहेको छ। धार्मिक अर्थमा ‘नर’ मानव र ‘हरी’ भगवान् भएकाले नरहरी पर्वलाई धार्मिक तथा शुभकार्यको प्रारम्भका रूपमा लिइन्छ।

माघ १ गतेदेखि सूर्य उत्तरायण हुने विश्वास छ, जसलाई शुभ र मांगलिक कार्यका लागि उत्तम समय मानिन्छ। यसै दिनदेखि माघ स्नान सुरु हुने भएकाले बैतडीका रामेश्वर धाम, ईश्वरी गंगा धाम, पत्तभुमेश्वर धामलगायत तीर्थस्थलमा स्नान गर्ने भक्तजनको भीड लाग्ने गर्दछ।

नरहरी पर्वलाई चेली तिहारका रूपमा पनि मनाइन्छ। यस दिन विवाहित छोरी–बहिनी माइत आउने, परिवारसँग बसेर मिठा परिकार खाने चलन छ। पर्वका दिन रुख–विरुवा नकट्ने, सजीव प्राणीलाई हानि नगर्ने विश्वास पनि रहेको छ।

नरहरी पर्वले प्रकृतिप्रतिको सम्मान, आपसी सद्भाव, बाँडेर खाने संस्कार र जीव–जगतको संरक्षणको सन्देश दिने संस्कृतिका जानकारहरूको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय