डोटी — डोटी जिल्लामा जङ्गली जनावर भालुको आक्रमणबाट एक महिला घाइते भएकी छन्। पूर्वीचौकी गाउँपालिका–२ कुडासैन बस्ने ६० वर्षीया चम्पादेवी ठकुल्ला भालुको आक्रमणबाट घाइते भएकी हुन् ।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार आज( बुधबार ) दिउँसो करिब ३ बजे घर नजिकैको जंगलमा गाईगोरु चराउने क्रममा अचानक भालुले आक्रमण गर्दा चम्पादेवी घाइते भएकी हुन्। भालुको आक्रमणबाट उनको अनुहार, काँध तथा दुवै हातमा चोट लागेको प्रहरीले जनाएको छ।
घाइते ठकुल्लालाई उपचारका लागि सोही दिन साँझ करिब ६:१० बजे जिल्ला अस्पताल डोटी पुर्याइएको थियो। हाल उनको उपचार भइरहेको र स्वास्थ्य अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।











