काठमाण्डौ / शनिवार दिउसो ३ बजे सम्म कोरोना भाईरस संक्रमणका कारण नेपालमा मर्नेको संख्या ४ सय १ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा मुलुकभरमा १ हजार २ सय ४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा देशभरमा १० हजार ३ सय ३३ जनाको नमुनाको पिसिआर परिक्षण गरिएकोमा उक्त संख्यामा कोरोना संक्रमण पुष्टी भएको हो । यो संगै देशभरमा कोरोना भाईरसका संक्रमितको संख्या ६२ हजार ७ सय ९७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।