युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

सिलगढी, आजबाट एक महिनासम्म चल्ने स्वस्थानी व्रत तथा माघ स्नान सुरु भएको छ। पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म वैदिक सनातन धर्मावलम्बीहरूले घरघरमा विधिपूर्वक माघ स्नान, स्वस्थानी व्रत र कथा वाचन गर्दै देवीदेवताको पूजा आराधना गर्ने परम्परा रहेको छ।

सतीदेवीका अङ्ग पतन भएका स्थानलाई शक्तिपीठ मान्दै त्यहाँ देवीदेवताको वास रहेको विश्वासका आधारमा यो परम्परा सुरु भएको मानिन्छ। यही विश्वासअनुसार श्रद्धालुहरूले बिहान माघ स्नान गरी मध्याह्नमा पार्वतीसहित महादेवको पूजा गर्ने र साँझ स्कन्द पुराणको केदारखण्ड अन्तर्गतको स्वस्थानी व्रत कथा श्रवण–वाचन गर्ने चलन छ। कथावाचन भने कुल परम्पराअनुसार बिहान वा बेलुकी गरिन्छ।
पौष शुक्ल चतुर्दशीका दिन नङ काटी शुद्ध स्नान गरी व्रतको आरम्भ गरिन्छ। एक महिनासम्म निरन्तर व्रत गरेपछि माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, सुपारी, पान, फूल, रोटी, अक्षता, फलफूल, धूप, दीप, नैवेद्य लगायत सामग्री चढाई भगवती स्वस्थानीलाई अर्घ्य दिने विधि रहेको छ। चढाइएका प्रसादमध्ये केही अंश पति, छोरा वा मीत छोरालाई दिएर बाँकी पवित्र नदीमा बगाइने परम्परा छ।
व्रतका क्रममा सय रोटी फलाहार गरी राति जाग्राम बस्ने चलन पनि छ। जाग्रामका बेला देवीको माहात्म्य सुन्ने–सुनाउने गरिन्छ। यसरी विधिपूर्वक व्रत गरेमा मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास रहेको छ। ‘स्वस्थानी’ शब्दले आफू बसेको स्थानकी देवी भन्ने अर्थ बोकेको धर्मशास्त्रीहरूको भनाइ छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य तथा धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईका अनुसार स्कन्द पुराणमा स्वस्थानी देवीलाई सुवर्ण वर्णकी, त्रिनेत्रधारी, चार हात भएकी र कमल तथा सिंहासनमा विराजमान देवीका रूपमा वर्णन गरिएको छ। उनका चार हातमा नीलकमल, खड्ग, ढाल र वरदमुद्रा रहेको उल्लेख पुराणमा पाइन्छ।

धार्मिक कथनअनुसार स्वस्थानी व्रत गरेमा बिछोड भएका जोडीको पुनर्मिलन, रोगव्याधिबाट मुक्ति र इच्छित जीवनसाथी प्राप्त हुने विश्वास छ। सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेवलाई पति पाउन विष्णुको निर्देशनमा स्वस्थानी व्रत गरेको कथा पनि यसैसँग जोडिएको छ।
इतिहासकार प्रकाश श्रेष्ठ ‘सक्व’का अनुसार गोमा ब्राह्मणीले स्वस्थानी व्रत गरेकै कारण पुत्र वियोगबाट मुक्ति पाएको र उनका छोरा नवराज हालको साँखु क्षेत्रको राजा बनेको उल्लेख स्वस्थानी कथामा पाइन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय