
डोटी / सरकारले संविधान दिवसको अवसरमा बिभिन्न मानपदवी, अलंकार र पदकबाट मुलुकभरका ५ सय ४४ जना सम्मानित भएका छन् । जसमा सुदुरपश्चिम प्रदेशका ४.०४ प्रतिशत व्यक्तिहरु मात्र सम्मानीत भएका छन् । अर्थात सुदूरपश्चिमका ९ जिल्लाका कुल २२ जनाले मात्र बिभिन्न मानपदवी, अलंकार र पदक पाएका छन् । त्यस्तै डोटी जिल्लाबाट कुल १ जना सम्मानित भएका छन् ।
प्रदेशभरमा कार्यरत कर्मचारी, सुरक्षाकर्मी, लेखक र समाजसेवी गरी २२ जनालाई सम्मान गरिएको हो । सुप्रबल जनसेवा श्री (तृतिया) बाट मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका प्रदेश सचिव किशोर कुमार चौधरी, स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थी र बाजुराका लेखक दयाल बहादुर शाही सम्मानीत भएका छन् ।
त्यस्तै प्रवल जनसेवा श्री (चतुर्थ) बाट बाजुराको बुढीनन्दा नगरपालिकाकी उपमेयर सृष्टि रेग्मी, सामाजिक विकास मन्त्रालय उपसचिव झंकर विष्ट, सुदूरपश्चिम प्रदेश दंगा नियन्त्रण प्रहरी कार्यालयका तत्कालिन प्रहरी उपरिक्षक जनकराज पाण्डेय, जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरिक्षक पदमवहादुर विष्ट, सेती प्रादेशिक अस्पतालका डाक्टर जगदिश जोशी, जिल्ला अस्पताल बाजुराका डाक्टर रुपचन्द्र विश्वकर्मा, जिल्ला प्रशासन कार्यालय बझाङका शाखा अधिकृत रामबहादुर सार्की, जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकिय अधिकृत शिवराज जोशी, जिल्ला स्वास्थ्य कार्यालय कैलालीका जनस्वास्थ्य अधिकृत लालवहादुर धामी र स्वास्थ्य कार्यालय बझाङका सिनियर खोप अधिकृत भानुभक्त जोशी सम्मानित भएको छन् ।
त्यस्तै जनसेवा श्री (पञ्चम) बाट बेदकोट नगरपालिका –३ कञ्चनपुरका समाजसेवी नन्दसिंह सार्की, भीमदत्त नगरपालिकाका हेमविक्रम थापा, धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का आयोजनाविज्ञ दिलिपराज भट्ट, जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका नायव सुव्वा केशवदत्त भट्ट, जिल्ला हुलाक कार्यालय बाजुराका नायव सुव्वा जंगविर सुनार र जिल्ला प्रशासन कार्यालय डोटीका खरिदार तेजवहादुर खड्का सम्मानित भएका छन् ।
त्यस्तै समाज सेवा रत्नबाट भागेश्वर ४ डडेल्धुराका समाजसेवी प्रकाश वहादुर शाह, नेपाल प्रताप सुभूषणबाट जिल्ला प्रहरी कार्यालय डडेल्धुराका तत्कालिन प्रमुख तथा प्रहरी नायव उपरिक्ष दधिराम न्यौपाने र अतिपौरख भाष्करबाट कालीरक्षा गण (ई) बढैपुर ब्यारेक, कैलालीका प्युठ सुरेश बहादुर पुन सम्मानित भएका छन् ।