युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

कञ्चनपुर /कञ्चनपुरमा ट्याक्टरले स्कुटीलाई ठक्कर दिँदा दुई जना घाइते भएका छन्। दुर्घटनापछि ट्याक्टर चालक फरार भएका छन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार भीमदत्त नगरपालिका–५ बनगाउँ साइपन नजिकै बुधबार साँझ करिब ७ः३० बजे दुर्घटना भएको हो। भाइरल रोड हुँदै महेन्द्रनगर बजारतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००४ प ६५८९ नम्बरको स्कुटीलाई विपरीत दिशाबाट आइरहेको नम्बर नखुलेको ट्याक्टरले ठक्कर दिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा स्कुटी चालक सोही स्थानका २१ वर्षीय राहुल तिरुवा घाइते भएका छन्। उनलाई टाउको, अनुहार र बाँया आँखामाथि चोट लागेको छ। यस्तै स्कुटीको पछाडि सवार भीमदत्त नगरपालिका–१४ बनकट्टीकी १७ वर्षीया विपना जोशीको पनि टाउको र अनुहारमा चोट लागेको प्रहरीले जनाएको छ।
घाइते दुवै जनाको महाकाली प्रादेशिक अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि साँझ ८ः१५ बजे निसर्ग अस्पताल धनगढी रिफर गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ।
दुर्घटनामा संलग्न ट्याक्टर र चालकको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय