सिलगढी । हाल कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहेको छ भने देशका बाँकी क्षेत्रको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ।
शनिबार दिउँसो सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने र बाँकी भू–भागमा मौसम प्रायः सफा रहने अनुमान गरिएको छ।
यसैगरी, आज राति कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहने महाशाखाले जानकारी दिएको छ।











