युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले मुलुकको समग्र विकासका लागि अब ‘विकास दशक घोषणा गरी व्यवहारिक रूपमा अघि बढ्नुपर्ने धारणा राख्नुभएको छ।

गोरखापत्र संस्थानको आयोजनामा तथा गोरखापत्र एकेडेमीको सहकार्यमा ‘दी राइजिङ नेपाल’ पत्रिकाको ६१औँ वर्ष प्रवेशको अवसरमा बिहीबार ललितपुरमा आयोजित ‘गोरखापत्र डिस्कोर्स’ कार्यक्रममा मन्तव्य दिँदै मन्त्री घिसिङले बजेट खर्च, स्रोत सुनिश्चितता र कार्यान्वयन पक्षमा गम्भीर समस्या रहेको उल्लेख गर्नुभयो।

उहाँले विकासका कुरा भाषणमै सीमित नराखी व्यवहारिक निर्णय र संरचनागत सुधार आवश्यक रहेको बताउनुभयो। “बोलेर मात्रै हुँदैन, अब दश वर्षलाई विकास दशकका रूपमा अघि बढ्नुपर्छ,” उहाँले भन्नुभयो, “अहिले विकासमा बाधक बनेका ऐन–कानुनलाई एउटै छाता ऐनमार्फत व्यवस्थापन गर्नुपर्छ। विकास गरेपछि मात्र देश अगाडि बढ्छ, नत्र सबै कुरा अप्ठ्यारो हुँदै जान्छ।”

कृषि क्षेत्रतर्फ संकेत गर्दै मन्त्री घिसिङले विचौलियाको प्रभावका कारण किसान समस्यामा परेको बताउनुभयो। उहाँका अनुसार धान उत्पादनमा किसानले उचित मूल्य नपाउने, मल समयमै नपाउने जस्ता समस्या ज्यूँका त्यूँ छन्।

“बिचौलियाले प्रतिकिलो ६० रुपैयाँ तोकिएको धान ३० रुपैयाँमै किन्छन्,” उहाँले प्रश्न उठाउँदै भन्नुभयो, “हाम्रो धान बिक्री हुँदैन, बाहिरबाट आएको धान भने सजिलै बिक्री हुन्छ। किसानले मल पाउँदैनन्। यस्तो अवस्थामा माग कसरी सिर्जना हुन्छ ? हामीले खेती गर्ने कि खाडीमा गएर ३० हजारको जागिर खाने ? तरकारी फलाउँदा पनि बजार पाउँदैनौँ भने हाम्रो नीति कहाँ चुक्यो ?”

मन्त्री घिसिङले आफू मन्त्री पदमा रहँदा पनि धेरै विकास आयोजनाहरू कार्यान्वयनमा जान नसकेको स्वीकार गर्दै यसको मुख्य कारण नीतिगत कमजोरी रहेको धारणा व्यक्त गर्नुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय