कञ्चनपुर । कञ्चनपुरमा विभिन्न मुद्दामा अदालतबाट सजाय तोकिएर फरार रहेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा लागूऔषध खैरो हेरोइन मुद्दामा दोषी ठहर भई चार वर्ष १० महिना २८ दिन कैद र ५० हजार रुपियाँ जरिवाना तोकिएका कृष्णपुर नगरपालिका–२ बाणी निवासी ३२ वर्षीय बिरेन्द्र नाथ रहेका छन्।
यस्तै, बहुविवाह मुद्दामा १६ दिन कैद र एक हजार रुपियाँ जरिवाना तोकिएका कृष्णपुर नगरपालिका–१ पहरिया निवासी ६८ वर्षीय गगन सिंह बुढा तथा वन मुद्दामा तीन महिना कैद सजाय पाएका शुक्लाफाँटा नगरपालिका–५ खजुवा निवासी ७२ वर्षीय विष्णुदत्त जोशी पनि पक्राउ परेका हुन्।
जिल्ला अदालत कञ्चनपुरका विभिन्न मितिका फैसलापछि फरार रहेका उनीहरूलाई आइतबार इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाएको छ।











