डोटी, पुस २१
डोटी जिल्लाको आदर्श गाउँपालिका–२ भुणस्थित दिपायल–मेल्लेख भित्री सडकखण्डमा आज बिहान एक बोलेरो जिप दुर्घटना हुँदा चालक घाइते भएका छन्।
घाइते हुनेमा जिप चालक कञ्चनपुर जिल्लाकाे भिमदत्त–१६ का
अन्दाजी ५० वर्षीय लक्ष्मी चटौत रहेका छन्। दुर्घटनामा चटौतको शरीरका विभिन्न भागमा चोट लागेको र उनलाई उपचारका लागि सुजङ अस्पताल राजपुर, डोटी पठाइएको प्रहरीले जानकारी दिएको छ। उनकाे स्वास्थ्य अवस्था मध्यम छ ।
बिहान करिब २ः४५ बजे दिपायलबाट मौवा तर्फ जाँदै गरेको सु.प.प्र. ०१–००१ च ३७०१ नम्बरको बोलेरो जिप चालकले नियन्त्रण गुमाउँदा सडकबाट करिब १०० मिटर तल खोलामा खसेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
घटना बारे स्थानीय धनबहादुर खड्काले बिहान ९ः०० बजे जानकारी गराएपछि प्रहरी निरीक्षक पदम राज पन्तको कमाण्डमा ७ जनाको प्रहरी टोली घटनास्थलमा खटिएको प्रहरीले जनाएको छ।











