काठमाडौं /कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज लिग चरणको अन्तिम खेल हुनेछ।
अपराह्न ३ः३० बजे निर्धारित खेलमा कर्णाली याक्स र गत संस्करणका विजेता जनकपुर बोल्ट्स आमने–सामने हुनेछन्। दुवै टोलीले छ–छ खेलबाट समान दुई अंक मात्र बटुलेका कारण प्लेअफ दौडबाट पहिले नै बाहिरिएका छन्। त्यसैले आजको भिडन्त उनीहरूका लागि केवल प्रतिष्ठा जोगाउने अवसरका रूपमा रहनेछ।
यसअघि सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स क्वालिफायरमा प्रवेश गरिसकेका छन्। यस्तै काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्सले इलिमिनेटरमा स्थान सुनिश्चित गरेका छन्।











