युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

धनगढी /गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी निर्वाचन तोकिएकै मितिमा निष्पक्ष रूपमा सम्पन्न हुने स्पष्ट गरे । धनगढीमा मङ्गलबार आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बोल्दै उनले फागुन २१ गते हुने भनिएको निर्वाचन कुनै हालतमा नसरिने दाबी गरे।

उनका अनुसार सरकारको प्रमुख दायित्व शान्ति–सुरक्षा कायम गर्दै सुशासन सुनिश्चित गर्नु र समयमै निर्वाचन सम्पन्न गर्नु हो। “सरकारलाई जनताले दिएको म्यान्डेट भनेकै निर्वाचन गर्नु हो,” मन्त्री अर्यालले भने, “चुनाव निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमै तोकिएको समयमा सम्पन्न हुन्छ।”

उनले राजनीतिक शक्ति, निर्वाचन तयारी र सुरक्षा व्यवस्था प्रभावकारी बनाउन सबै राज्य संयन्त्र सक्रिय रहेको जानकारी दिए। राजनीतिक दलहरूलाई निर्वाध रूपमा चुनावी क्रियाकलाप गर्न सकिने वातावरण मिलाइएको उनको भनाइ थियो।

“सरकार सबैको साझा हो। कसैप्रति विभेद गरिँदैन,” मन्त्री अर्यालले थपे, “कुनै दलको चुनावी गतिविधिमा बाधा नआओस् भन्न प्रदेशदेखि स्थानीय तहसम्म सबै संयन्त्र परिचालनमा छन्।”

सुरक्षा मूल्यांकनका आधारमा आवश्यक निर्णायक कदम चाल्न सरकार तयार रहेको पनि गृहमन्त्रीले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय