कञ्चनपुर,
लागूऔषधसम्बन्धी मुद्दामा अदालतबाट सजाय तोकिएपछि फरार रहेका एक प्रतिवादी कञ्चनपुरमा पक्राउ परेका छन्।
पुनर्वास नगरपालिका–११ डोकेबजारका ३६ वर्षीय जोगराज चौधरीलाई प्रहरी चौकी परासनबाट खटिएको टोलीले शुक्रबार घरमै पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ।
चौधरीलाई जिल्ला अदालत कञ्चनपुरले २०८१ वैशाख २ गतेको फैसलामा तीन महिनाको कैद सजाय सुनाएको थियो।











