सिलगढी/देशभर आज कुनै प्रमुख मौसम प्रणाली सक्रिय नरहेकाले सामान्य मौसम रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बिहानीदेखि नै आंशिक बदली देखिएको छ भने देशका अन्य भागमा आकाश खुलेको छ।
महाशाखाका अनुसार दिउँसो पनि यी प्रदेशका पहाडी भूभागमा हल्का बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफै हुने अनुमान छ।
राति भने कोशी प्रदेशको पहाडी क्षेत्रमा आंशिक बदली रहने तर देशका अन्य भूभागमा मौसम खुला रहने पूर्वानुमान गरिएको छ।











