सिलगढी, कात्तिक २९
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणाली सक्रिय छैन।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहँदा बाँकी अधिकांश क्षेत्रमा मौसम सामान्यतया सफा देखिएको महाशाखाले जानकारी दिएको छ।
दिउँसो कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने भए पनि देशका अन्य भागमा मौसम मुख्यतया स्पष्ट रहने अनुमान गरिएको छ।
आज राति कोशी र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रहँदा अन्य स्थानहरूमा मौसम सफा रहने महाशाखाले जनाएको छ।











