सिलगढी । देशभर हाल कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा छ।
दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ। तर देशका अन्य भागमा मौसम सामान्यतया सफा नै रहने महाशाखाले जनाएको छ।
यस्तै, राति कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने जबकि बाँकी भूभागमा मौसम सफा रहने पूर्वानुमान गरिएको छ।











