डोटी — डोटीको आदर्श गाउँपालिका–६ बबिना स्थित सेती नदी किनारमा फेला परेको महिलाको शवको पहिचान खुलेको छ।
मृत फेला पर्नेमा बैतडी जिल्ला सिगास गाउँपालिका–५ खैरकोटकी ६४ वर्षीया धनमती धामीका रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार, आज मंगलबार बिहान करिब ११:२५ बजेतिर सेती नदी किनारमा बेवारिसे शव रहेको सूचना प्राप्त भएपछि प्रहरी निरीक्षक धनञ्जय कुमार मल्लको कमाण्डमा पाँच जनाको टोली घटनास्थलतर्फ खटिएको थियो। टोलीले दिउँसो करिब ३:३५ बजे घटनास्थलमा पुग्दा करिब ५०–५२ वर्षकी महिलाको शव उत्तानो अवस्थामा फेला परेको थियो।
मृतकको सनाखत मृतकको भाइ दान सिंह ऐरले गरेका हुन्।











