युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

बाजुरा /बाजुरामा शनिबार भएका छुट्टाछुट्टै दुई सवारी दुर्घटनामा ३६ जना घाइते भएका छन्।

पहिलो घटना बूढीनन्दा नगरपालिका–७ सेरकाटियामा भएको हो। कोल्टीबाट धनगढीका लागि छुटेको यात्रुबहाक बस (सुप–प्र ०१–००१ ख ३१८१) दुर्घटनामा पर्दा ३० जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार घाइतेमध्ये २४ जनाको उपचार जिल्ला अस्पताल बाजुरामा, सात जनाको कोल्टी आधारभूत अस्पतालमा भइरहेको छ। गम्भीर घाइते चार जनालाई थप उपचारका लागि धनगढी पठाइएको छ।

प्रारम्भिक अनुसन्धान अनुसार बस उकालोमा सामान राख्ने क्रममा दुर्घटनाग्रस्त भएको जनाइएको छ। दुर्घटनापछि चालक फरार रहेका र प्रहरीले खोजतलास जारी राखेको जनाएको छ।

तेही दिन अर्को दुर्घटना बूढीनन्दा नगरपालिका–१० पाण्डुसैनमा भएको हो। मार्तडीबाट कोल्टी जाँदै गरेको जिप (भे१च ७८७) अनियन्त्रित भई सडकबाट खसेको प्रहरीले जनाएको छ। उक्त दुर्घटनामा चालकसहित छ जना घाइते भएका छन्।

घाइतेहरू — चालक तुलाराम चदारा, शङ्करराज जैसी, सेते लुहार, जङ्गवीर सार्की, जयलाल विक, र जयराज जैसी — सबैको उपचार कोल्टी आधारभूत अस्पतालमा भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय