युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

सिलगढी,
जल तथा मौसम विज्ञान विभागका अनुसार देशभरको मौसम क्रमशः सुधार हुँदै गएको छ । विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भए पनि दिउँसोपछि बिस्तारै खुल्दै गएको र साँझसम्म अधिकांश क्षेत्रमा वर्षा रोकिएको छ।

महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार बङ्गालको खाडीमा विकसित मोन्था चक्रवातको प्रभाव समाप्त भए पनि नेपालमा अझै पश्चिमी वायु र अरब सागरको न्यून चापीय प्रणालीको असर कायम रहँदा आज पनि केही ठाउँमा वर्षा भएको हो। तर, यो अवस्था विस्तारै सुधार हुँदै गएको र आइतबार आजको तुलनामा अझै खुलेको मौसम रहने अपेक्षा गरिएको छ।

हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा सामान्यदेखि अधिकांश स्थानमा बदली छ भने बाँकी प्रदेशमा आंशिक बदलीको स्थिति रहेको विभागले जनाएको छ। कोशी, बागमती र गण्डकीका पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना पनि रहेको छ।

महाशाखाले यी क्षेत्रका जनजीवन, कृषि, पर्यटन र पर्वतारोहण गतिविधिमा असर पर्न सक्ने भन्दै सावधानी अपनाउन आग्रह गरेको छ।

यस वर्ष मोन्था चक्रवातसँगै अरब सागरको प्रणाली र पश्चिमी वायुको संयुक्त प्रभावका कारण देशका धेरै ठाउँमा अविरल वर्षा हुँदा धानबालीमा ठूलो क्षति पुगेको छ । यस्तै, हिमाली क्षेत्रमा परेको भारी हिमपातका कारण पदयात्रा र स्थानीय आवागमन प्रभावित भएको छ।

नेपालमा निरन्तर वर्षा कात्तिक १३ गतेदेखि सुरु भएको हो, जसको असर अहिले क्रमशः घट्दै गएको विभागले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय