दार्चुला / दार्चुलाकाे मार्मा गाउँपालिका–३ दानीखेतमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। लटिनाथबाट सार्सी जाँदै गरेको सु.प.प्र. ०१–००१ ज १६६२ नम्बरको जिप शुक्रबार बिहान सडकबाट अनियन्त्रित भई करीब २०० मिटर तल खसेको जनाइएको छ।
दुर्घटनामा जिपका स्वामि ३४ वर्षीय करबिर सिंह ठगुन्ना बीच सिटमा अचेत अवस्थामा भेटिएका थिए। स्थानीय तथा प्रहरी टोलीले उद्धार गरी स्वास्थ्यचौकी पुर्याए पनि उनको मृत्यु भएको वडाअध्यक्ष धिरेन्द्र धामीले जानकारी दिए।
जिप कोले चलाइरहेको थियो र दुर्घटना कसरी भयो भन्ने विषय खुलेको छैन। इलाका प्रहरी कार्यालय लटिनाथका प्रमुख जंगबहादुर चन्दका अनुसार चालकको खोजी भइरहेको छ र घटनाबारे थप अनुसन्धान सुरु गरिएको छ।











