बझाङ — जयपृथ्वी नगरपालिका–३ गोलाई सडकअन्तर्गत किर्याडी भन्ने स्थानमा मङ्गलवार साँझ एक ट्याक्टर दुर्घटनामा परेको छ।
सुदूरपश्चिम प्रदेश ०१–००१ त ६७६२ नम्बरको ट्याक्टरले गहुँको बिउ र मल बोकेको अवस्थामा अचानक ब्रेक फेल हुँदा सडकबाट करिब ६० मिटर तल खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा ट्याक्टर चालक बलराम राना घाइते भएका छन्। उनको बायाँ खुट्टामा चोट लागेको र उपचारका लागि जिल्ला अस्पताल बझाङ पठाइएको प्रहरीले जानकारी दिएको छ।
घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।











